बिबिध मुख्य समाचार समाचार स्वास्थ्य

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५

९ साउन, वीरगञ्ज । कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ । मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । नारायणी अस्पतालको प्रयोगशालामो पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा […]

प्रदेश १ बिबिध

भोक्राहामा दुर्गा मन्दिरको सिलन्यास

विराटनगर, ३२ जेठ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ अकाहा बजारमा दुर्गा मन्दिरको सिलन्यास शनिबार सम्पन्न भएको छ । प्रदेश सरकार र गाउँपालिका कार्यालयको संयुक्त सयोगमा बन्ने मन्दिर निर्माण समितका अध्यक्ष नरायण मेहताले बताउनुभयो । मन्दिरको सिलन्यास गाउँपालिका अध्यक्ष महेन्द प्रसाद यादवले गर्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

बिबिध शिक्षा स्वास्थ्य

मधु सुधनको अध्यक्षता रिजन २७ को भर्चुअल टेक्नोलोजी मार्फत बैठक सम्पन्न

काठमाडौ , ७ जेष्ठ । दी इन्टरनेश्नल एसोसिएसन अफ लायन्स क्लब (लायन्स क्लब इन्टरनेश्नल ) डिष्ट्रीक ३२५ ए वान रिजन २७ को भर्चुअल टेक्नोलोजी मार्फत बैठक सम्पन्न भएको छ । उक्त बैठक रिजन चेयरपर्शन एम जे एफ लायन मधु सुधन सिग्देलको अध्यक्षतामा सम्पन्न भएको हो । विश्व व्यापि रुपमा फैलिएको माहामारी कोरोना भाइरस (कोबिड १९) […]

प्रदेश १ बिबिध

लकडाउनका कारण समस्यामा परेका विद्यार्थी र श्रमिकलाई राहत

विराटनगर, २१ वैशाख । भोजपुरको अरुण गाउँपालिका स्थायि घर भई लकडाउनका कारण घर आउन नपाएर काठमाण्डौमा रोकिएका विद्यार्थी तथा श्रमिक वर्गलाई राहत वितरण गरिएको छ । सामाजिक काम गर्दै आएका सुवास ढकाल, योगेन्द्र खत्रि, मनोज खत्रि, तिलक अधिकारी, रेजिन श्रेष्ठल गायतको टोलीले एघार परिवारलाई राहत वितरण गरेको हो । अरुण गाँउपालिकाका याकु, चम्पे, याङ्पाङ स्थायि […]

बिबिध विराटनगर

कोरोना विरुद्ध लड्न युवालाई एक जुट बनाउँदै प्रहरी

विराटनगर, २६ चैत । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस विरुद्ध युवाहरुलाई एकत्रित र एकतावद्ध बनाउन मोरङमा ‘प्रहरीको साथी म’ नामक नयाँ अभियान सुरु गरिएको छ । संक्रमण नियन्त्रण गर्न र फैलन नदिन सरकारले ‘लकडाउन’ गरिरहेका बेला त्यसलाई प्रभावकारी बनाउन र कोरोना विरुद्ध लड्न समुदाय स्तरबाट प्रहरीका गतिविधीसँग युवालाई जोड्दै नयाँ दस्ता तयार पारेर परिचालन […]

बिबिध विराटनगर

बालिका बलात्कार गर्ने दुई जना पक्राउ

विराटनगर, २६ चैत । १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने दुई जनालाई प्रहरीले मोरङको पथरीशनिश्चरेबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–८ का २८ वर्षीय रामकुमार माझी र २० वर्षीय विशाल माझी छन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार रामकुमारले गत मंसिर २४ गते र विशालले यही चैत ८ गते बालिकामाथि बलात्कार […]

बिबिध विराटनगर

भाडामा बस्नेले राहत नपाउदा विवाद

विराटनगर, २४ चैत । सुनसरीको दुहबी नगरपालिकाले नगरबासीलाइ मात्र राहत बाढ्ने भए पछि विवाद भएको हो छ । दुहबी ८ भाडामा बस्ने ५०० परिवार हरुलाई सरकारि राहत नबाँडे पछि विवादले उग्ररुप लिएको हो । सोहि वडामा २० वर्षदेखि भाडामा बस्दै आएकी कोपिला खड्काका अनुसार दुहबी नगरपालिकाले भाडामा बस्नेहरुले सरकारी राहत नपाउने निर्णय गरेर आफूहरु माथि […]

बिबिध विराटनगर

दुहवीको इँटा उद्योगमा झडप

विराटनगर २३ चैत । सुनसरीको दुहबीमा लकडाउनको अवस्थामा इँटा उद्योग सञ्चालन गरेको भन्दै विवाद उत्पन्न भएपछि आज झडप भएको छ । झडपका क्रममा एकजना प्रहरीसहित १३ जना घाइते भएका छन् । दुहबी–९ स्थित छातावेलीमा रहेको जयबाबा इँटा उद्योग लकडाउनको समयमा पनि सञ्चालन गरेको भन्दै विवाद उत्पन्न भएपछि स्थानीय दुई समुहबीच झडप भएको छ । प्रहरी […]

बिबिध विराटनगर

इनरुवा नगरपालिकालाई कबिन इन्टरनेशनल प्रालि को सहयोग

बिराटनगर २३ चैत । कबिन इन्टरनेशनल प्रालि, विराटनगरले सुनसरीको इनरुवा नगरपालिकालाई ५ हजार केजी चामल प्रदान गरेको छ । आज एक कार्यक्रमका बिच इन्टरनेशनल प्रालिले इनरुवा नगरपालिकाका प्रमुख राजन मेहतालाई सो चामल हस्तान्तरण गरेको हो । कोरोना भाइरसको संक्रमण र जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन गरेपछि बिचल्लीमा परेका गरिब, असहाय र बिपन्नलाई राहत प्रदान गर्न […]

बिबिध राष्ट्रिय

विद्यार्थी परिषद्द्धारा छात्रावासमा रहेका विद्यार्थीहरूलाई खाद्य सामाग्री वितरण

विराटनगर, २० चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको समन्वय एवं मारवाडी सेवा समितिको सहयोगमा विद्यार्थीहरूलाई खाद्यान्न वितरण गरिएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको छात्रावासमा बसिरहेका ८० भन्दा बढी विद्यार्थीहरूका लागि आज खाद्यान्न वितरण गरिएको परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले जानकारी दिनुभयो । लकडाउनको कारण घर जान नसकेका उनिहरूलाई सहयोग गरिएको उहाँको भनाई छ […]