खेलकुद समाचार

नेशन्स लिग : रसियाले सर्वियालाई हरायो

यूईएफए नेशन्स लिगमा रसियाले सुखद सुरुआत गरेको छ । बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा रसियाले सर्वियालाई ३–१ गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा रसियालाई जिताउन अर्टेम डज्युवाले दुई गोल गरे भने भ्याचेस्लाभ काराभयवले एक गोल गरे । सर्बियाका एलेक्जेन्डर मिट्रोभिकले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको […]

खेलकुद

एन्फाले फुटबल खेलाडी समिक्षाको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने

विराटनगर, २२ वैशाख । अखिल नेपाल फुटबल संघ एन्फाले आँखामा चोट लागेकी फुटबल खेलाडी समिक्षा मगरको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने भएको छ । हिजो विराटनगरस्थित विराटनगर आँखा अस्पतालमा उपचाररत मगरसँगको भेटका क्रममा एन्फाका प्रवक्ता किरण राईले बिरामी खेलाडीको उपचार खर्च ब्यहोर्ने जनाएका हुन् । एन्फाले सुरुवातमा २५ हजार रुपैयाँ चोटग्रस्त मगरको परिवारलाई उपलब्ध गराएको उहाँको […]

खेलकुद

गुम्यो महिला फुटबलरको दृष्टि

विराटनगर, २१ वैशाख । कोरोना संक्रमणको आशंकाले उपचारमा ढिलाई हुँदा एक महिला फुटबलरको आँखाको ज्योति गुमेको छ । आँखामा लागेको चोटको उपचार समयमा गराउन नपाउँदा उदयपुरको बेलका नगरपालिका–५ की १६ वर्षीया समीक्षा मगरले दाहिने आँखाको दृष्टि गुमाउनु परेको हो । कोरोना भाइरस संक्रमणको आशंकामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन दिन आइसोलेसनमा राखिदिएपछि उनको […]

खेलकुद

भलिबलको विश्व वरीयतामा महिला टिम यथावत

काठमाडौं २० चैत । भलिबलको विश्व वरियतामा नेपालको महिला भलिबल टिम यथावत रहन सफल भएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी) ले आज सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल यथावत रहदै ८६ औं स्थानमा रहन सफल भएको हो ।नयाँ वरीयतामा नेपालको ५७ अंक रहेको छ । एफआइभीबीले अन्तर्राष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरीयता निर्धारण गर्दै […]

खेलकुद प्रदेश १ विराटनगर

अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधि निहारिकालाई

विराटनगर, ७ चैत । विराटनगरमा सम्पन्न २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका कलेजले उपाधि जितेको छ । विराट बुद्ध स्पोर्टिङ क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न फाइनल खेलमा विराटनगरको निहारिका कलेजले विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ३\१ गोलमा पराजित गर्दै उपाधि जितेको हो । जितसँगै नगद १ लाख ११ हजार […]

खेलकुद प्रदेश १ विराटनगर

सुनवर्षी मेयरकपको उपाधि बेलबारीलाई

रंगेली, ५ चैत । मोरङ्गको सुनवर्षी नगरपालिकामा सम्पन्न प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधी बेलबारी नगरपालिकाले जितेको छ । प्रतियोगिताको हिजो सम्पन्न फाइनल खेलमा कानेपोखरी गाउँपालिकालाई २–० गोल अन्तरले हराउदै बेलबारीले उपाधि जितेको हो । जितसंगै बेलबारीले १ लाख २१ हजार नगद पाएको छ भने उपविजेता कानेपोखरी गाउँपालिकाले नगद ५० हजारमा चित्त बुझाएको छ । […]

खेलकुद प्रदेश १ विराटनगर

नेपाल ओलम्पिक कमिटी प्रदेश १ को जिम्मेवारी तिम्सिनालाई

बिराटनगर ४ चैत्र । नेपाल ओलम्पिक कमिटि (एनओसी)को प्रदेश एक इन्चार्जमा पिताम्बर तिम्सिना तोकिनु भएको छ । पोखरामा सोमबारदेखि जारी एनओसीको बोर्ड बैठकले तिम्सिनालाई प्रदेश १ को जिम्मेवारी दिएको हो ।बैठकले संघीय संरचना अनुसार सातै प्रदेशमा संयोजक तोकेको छ । प्रदेश कमिटिले संघीय संरचना अनुसार प्रदेशको खेलकुद गतिविधिको संयोजन गर्ने जिम्मेवारी पाएको छ । सात […]

खेलकुद विराटनगर

आहा ! रारा गोल्डकपको उपाधि मनाङलाई

विराटनगर १ चैत्र । मनाङ मस्र्याङ्दी क्लबले १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । उपाधिसँगै मनाङले १० लाख १ हजार प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ५ लाख १ हजार […]

खेलकुद प्रदेश १ विराटनगर

निहारिका र ग्रिनल्याण्ड विजयी

विराटनगर, ३० फागुन । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका कलेज र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विराटनगरको निहारिका कलेजले हिमालय दर्शनलाई पराजित गरेको छ भने विराटनगरको ग्रिनल्याण्ड कलेजले पथरीको रेडस्टार कलेजलाई पराजित गरेको छ […]

खेलकुद प्रदेश १ विराटनगर

मछिन्द्रलाई माईभ्याली गोल्डकपको उपाधि

विराटनगर, २४ फागुन । मछिन्द्र क्लबले माईभ्याली गोल्डकपको छैटौं संस्करणको उपाधि जितेको छ । आज ईलामको टुँडिखेलमा भएको फाईनलमा आयोजक माईभ्याली क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि उचालेको हो । अतिरिक्त समयमा विदेशी खेलाडी आन्द्रेस नियाले मछिन्द्रका लागि विजयी गोल गरे । मछिन्द्रले पहिलो पटक माईभ्याली गोल्डकपको उपाधि उचालेको हो । दुवै टिम […]