प्रदेश १

हिउँदे अधिबेशन अन्त गर्न दलहरुले दिए सहमती

विराटनगर, ३ वैशाख । एक नम्बर प्रदेश सभाको जारी दोस्रो हिउँदे अधिबेशन अन्त गर्न दलहरुले सहमती दिएका छन । कोरोना भाइरस संक्रमणले गर्दा सभाको बैठक बस्न सक्ने अवस्था नभएकोले प्रदेश सभाका सबै संसदिय दलहरुले हिउँदे अधिबेशन अन्त गर्न सहमती दिएका हुन ।

३ बैसाख बुधबार संक्रमण्को समयमा प्रदेश सभाको अधिबेशन के गर्ने भन्नेबारे निधो गर्न कार्यव्यावस्था समितिको बैठक बसेको थियो । बैठकमा सबै दलहरुले संसदको अधिबेशन अन्त गर्नु नै उपयुक्त हुने सुझाव दिएका छ ।

प्रदेश सभा सचिवालयका प्रबक्त्ता राजाराम दहालका अनुसार प्रदेश सरकारका मुख्य मन्त्री तथा नेकपा संसदिय दलका नेता शेरधन राई , मुख्य प्रतिपक्षी दलको नेता राजिव कोइराला, अन्य प्रतिपक्षी दलका नेता, प्रमुख सचेतकहरु सबै बैठकमा सहभागी थिए ।

कार्यव्यावस्था समितिको बैठकले सहमती बनाएअनुसार अब प्रदेश सभाले अधिबेशन अन्तकालागि आग्रह गर्दै प्रदेश सरकारलाई पत्र पठाउने छ । सरकारले मन्त्री परिषदको बैठक बसेर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई अधिबेशन अन्त्य गराउनका लागि आग्रह गर्नेछ ।

प्रदेश प्रमुखको कार्यालयबाट आधिकरिक पत्र प्राप्त भएपछि प्रदेश सभाको सचिवालयले सबै सांसदहरुलाई जानकारी गराउदै सूचना प्रकाशन गरेपछि हिउँदे अधिबेशन बिधिवत रुपमा अन्त हुनेछ । संसद सुचारु भएको भए प्रदेश प्रमुखको पत्र सभामुखले वाचन गरेर अधिबेशन अन्त भएको घोषणा गर्ने नियम छ ।

कोरोना भाइरस संक्रमणको जोखिबढेपछि प्रदेश सभाको बैठक चैत ७ गते देखी अनिश्चितकालकालागि स्थगित भएको थियो । त्यसपछि लकडाउन सुरु भएकोले अझैसम्म संसदको बैठक बस्न सकेको छैन ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *