समाचार

हाटबजार संचालनमा लगाइएको रोक फुकुवा गर्न खुद्रा व्यापारीको माग

विराटनगर, ४ असार । विराटनगर महानगरपालिकामा लाग्ने हाटबजारमा पसल संचालन गरेर जीविकोपार्जन गर्दै आएका खुद्रा ब्यापारीहरुले हाटबजार संचालनमा लगाइएको रोक फुकुवा गर्न माग गरेका छन ।

हाटबजारमा खुद्रा पसल संचालन गर्ने ब्यापारीहरुले आज सो बिषयको माग राख्दै विराटनगर महानगरपालिकामा धर्ना दिएका छन् । महानगरपालिका पछाडि शनिहाट लाग्ने ठाँउमा जम्मा भएका उनिहरुले महानगर प्रमुख भीम पराजुलीलाई भेटेर हाटबजार संचालन गर्न दिनुपर्ने माग गरेका छन ।

हाटबजार संचालन गर्न नदिइएका कारण ब्यापार गर्न नपाएपछि परिवार पाल्न गाह्रो भएको ब्यापारीहरुले बताएका छन । अधिकांश खुद्रा ब्यापारीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर ब्यापार संचालन गर्दै आएकोमा पछिल्लो समय बैंक तथा बित्तिय संस्थाहरुले ब्याजको तगादा गर्न थालेपछि आफुहरु थप समस्यामा परेको उनिहरुले बताएका छन ।

नगरक्षेत्रका सुपरमार्केट र मलहरु खुलिरहेको तथा चोकचोकमा समेत खुद्रा ब्यापारीहरुले पसल संचालन गरिरहेको अवस्थामा हाटबजार संचालनमा मात्र रोक लगाउन नहुने विराटनगर जामुनगाछीका ब्यापारी राजकुमार मेहताले बताउनुभयो ।

सरकारले कि त समाजिक दूरी कायम गरेर हाट बजार लगाउन दिनुपर्ने कित ऋण चुक्ता गरि राहत उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । विराटनगर महानगरपालिकाका विभिन्न ठाँउहरुमा बर्षको ३ सय ६५ दिननै बार अनुसार साप्ताहिक हाटबजार लाग्दै आएको छ ।

महानगरक्षेत्रमा विभिन्न ठाँउमागरि यसअघि दैनिक १० वटासम्म हाटबजार लाग्दै आएको ब्यापारीहरुले बताएका छन । एउटा हटियामा ७ सयसम्म ब्यापारीहरुले विभिन्न प्रकारका खुद्रा पसल संचालन गर्ने गरेको जनाइएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *