अर्थ तथा बणिज्य प्रदेश १ विराटनगर

हाटबजारलाई कडा प्रतिबन्ध लगाउने

विराटनगर, १५ चैत । विराटनगर महानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले अटेरी गरि हाटबजार लगाउनेलाई आज देखि कडाइ गर्ने निर्णय गरेको छ । प्रहरी प्रशासनको सहयोग लिएर अटेरी गर्नेलाई बलप्रयोग गर्नसक्ने समेत माहानगरपालिकाले जनाएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन कार्यक्रम असफल हुनेगरी तरकारी बजारको नाममा भीडभाड बढेको जनगुनासो पछि माहानगरपालिकाले यस्तो निर्णय गरेको हो । शनिबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले हाटबजारलाई अनिवार्य कडाइका साथ बन्द गराउने निर्णय गरेको छ ।

यस्तै लक डाउनलाई प्रशासनको सहयोग लिएर अझ प्रभावकारी बनाउने, विपद् कोषमा १ करोड पुर्याउने, विपद् कोषमा सहभागीताका लागि सबैलाई आव्हान गर्ने, वडास्तरबाट विपद् राहत वितरण गर्ने रणनीतिक तय गर्ने तथा शंकास्पद व्यक्ति तथा विदेशबाट माहानगरपालिका प्रवेश गर्नेहरुलाई आइसोलेसन वा क्वारेन्टाइनमा राख्ने काम अझै प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

विराटनगर महानगरपालिकाले लकडाउनका कारण विपन्न परिवारमा खाद्यान्न अभाव हुन नदिन राहत कोषको स्थापना गरेको हो । महागरपालिकाले नगरक्षेत्रभित्रका दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका अति विपन्न, गरिब तथा सुकुम्बासी परिवारहरुलाई लक डाउनका कारण खाद्यान्न अभाव हुन नदिन कोष स्थापना गरेको हो ।

महानगरपालिकाले सबै वडाहरुमा कति संख्यामा भूमिहिन सुकुम्कासी तथा दैनक मजदुरी गरेर परिवार पाल्ने विपन्न परिवारको संख्या यकिन गर्न वडा अध्यक्षहरुलाई निर्देशन गरेको छ । महानगरपालिकाको प्रारम्भीक तथ्याङ्क अनुसार नगरभित्र ६ हजार शुकुम्बासी र १० हजार अति विपन्न र गरिब परिवार रहेका छन् ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *