समाचार

हराएको १७ वटा मोबाइल र ४ वटा मोटरसाइकल फेला

विराटनगर, १३ फागुन । ईलाका प्रहरी कार्यालय बेलबारी मोरंगले हराएको १७ वटा मोबाइल र ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीको उपस्थिीतमा आज पत्रकार सम्मेलन गरी मोबाइल र मोटरसाइकल फिर्ता गरेको हो ।

हराएको मोबाइल प्रहरीले आधुनिक प्रविधिको प्रयोगबाट खोजतलास गरि विरंगज, रौतहट, सिन्धुली, धनकुटा, उदयपुर, झापा, काकडभिट्टा, सिराहा, सप्तरी, सुनसरी र मोरङबाट फेलापारी बुझाएको पत्रकार सम्मेलनबाट एसपी विश्व अधिकारीले जनाकारी दिनुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *