समाचार

स्कुटर दुर्घटनामा महिलाको मृत्यु

विराटनगर, १८ जेठ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा स्कुटर र सिटी सफारी ठोक्किएर भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

को ३१ प ३११७ नम्बरको स्कुटर र प्रदेश १–०२ –००२ ह ८५३० नम्बरको सिटी सफारी एक आपसमा ठोक्किएर भएको दुर्घटनामा सुन्दरहरैंचा –१० की ४० वर्षीया अनिता न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत वैशाख २७ गते भएको दुर्घटनामा परेर गम्भीर घाइते भएकी अनिताको उपचारका क्रममा आज बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । अनितलाई उपचारका लागि विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

सफारी चालक सुन्दरहरैंचा नगरपालिका ९ का खगेन्द्र पौडेललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *