विराटनगर

सूचना प्रबाह गर्न पत्रकार महासंघको आग्रह

बिराटनगर ८ चैत । विश्वभरी फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामकालागि सन्तुलित सूचना सम्प्रेषण गर्न पत्रकार र संञ्चारमाध्यमहरुलाई नेपाल पत्रकार महासंघले आग्रह गरेको छ ।

आज बसेको महासंघका अध्यक्ष गोबिन्द आचार्यको नेतृत्वमा बसेको केन्द्रिय समितिको आकस्मिक बैठकले बिश्वभर सक्रमण फैलिइरहेको अवस्थामा नेपालमा फैलन नदिनसंचार माध्यम र पत्रकाररुले दायित्व ख्यालगर्दै सूचना सामग्रीहरु तयार र संम्प्रेषण गर्न आग्रह गरेको हो ।

महासंघले अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा उपाध्यक्ष विपुल पोखरेल, दिलिप थापा र महासचिव रमेश विष्ट रहेको समन्वय तथा अनुगमन संयन्त्र पनि गठन गरेको छ ।यसैगरि महासंघले अग्रपंत्तिमा रही समाचार संकलन र सम्प्रेषण गर्ने पत्रकारहरुका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउन संचारगृहहरुलाई आग्रह गरेको छ ।

निवासवाटै कामकाजको व्यवस्था मिलाउन र कार्यालय आउनैपर्नेका लागि संम्बिन्धित सञ्चार माध्यमहरुले सवारी साधनको व्यवस्था मिलाउन संचार प्रतिष्ठानलाई आग्रह पनि गरेको छ ।महासचिव रमेश बिष्टका अनुसार कठिन अवस्थामा सूचना प्रवाहको दायित्व पूरा गरिरहेका संचार माध्यम र पत्रकारहरुलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन महासंघले सरकारसँग आग्रह गरेको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *