विराटनगर

सुन्दरहरैंचा नगरपालिकामा टोलटोलमा तरकारी

विराटनगर, २९ चैत । मोरङको सुन्दरहरैंचा नगरपालिकाले स्थानीय युवाहरुको समन्वयमा टोलटोलमा सुलभ दरमा हरियो तरकारी पुर्याउन थालेको छ ।

लकडाउनको कारणले स्थानीयहरु बाहिर निस्कन नपाईरहेको बेलामा स्थानीयलाई सेवा दिने अभिप्रायले यस्तो सेवा संचालन गरिएको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले बताउनुभयो ।

उहाँले स्थानीयस्तरमै सरकार छ भन्ने कुराको प्रत्याभूति जनतालाई गराउन, स्थानीय युवाहरुको सक्रियतामा यो व्यवस्था गरिएको बताउनुभयो ।

युवाहरुले हरियो सव्जी बोकेको गाडीमा गाउँगाउँमा पुग्ने र स्थानीयको चहाना बमोजिम तरकारी उपलव्ध गराइरहेका छन । नगरपालिकाले यसरी हरेक दिन घरघरमा पुर्याउने तरकारीको मूल्य सुचि समेत तोक्ने गरेको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *