विराटनगर

सुनसरीको देवानगञ्जमा तरकारी बारीमा नै कुहिँदै

बिराटनगर, ८ बैशाख । सुनसरीको देवानगञ्ज गाउँपालिकाका कृषक समस्यामा परेका छन् । बारीमा लगाएको तरकारी बिग्रन थालेपछि उनिहरु चिन्तित भएका छन् ।

उनिहरुले सयैँ बिगाहा जमिनमा लगाइएको तरकारी बारीमा नै सड्ने अवस्थामा पुगेको छ । बैंकबाट महंगो ब्याजमा ऋण लिएर तरकारी खेति गरिरहेका कृषकलाई बैंकको ऋण र ब्याज कसरि तिर्ने भन्ने चिन्ता थपिएको छ ।

उनिहरुको बारीमा अहिले काक्रा, भिण्डि, फर्सि, प्रबल, साग, खुर्सानी, टमाटर लगायतका तरकारी छन् । तरकारी विक्री गर्न नपाएपछि देवानगञ्ज गाउँपालिकाका ५ मध्याहर्षाहीका सिताराम मेहताले तरकारी बारीमा गाइवस्तु चराउन थाल्नु भएको छ ।

विगतका वर्षमा बार्षिक ५÷६ लाख आम्दानी हुने कमाइ हुन्थ्यो तर अहिले तीन लाख घाटा लागेको कृषक मेहताले बताउनुभयो ।बैंकबाट ऋण लिएर लगाएको तरकारी बारीमै विग्रीएपछि बैंकको ऋण र ब्याज तिर्ने चिन्ता किसानमा थपीएको छ । सयौँ बिगाहा जमिनमा तरकारी खेति गर्दै उनिहरुको करोडौँको नोक्सानि हुने अवस्था आएको छ ।

स्थानीय तरकारी वारीमै कुहिने अवस्थामा पुग्नु र भारतबाट खुलेआम तरकारी आउने गरेको अर्का कृषक नारायण मेहताले बताउनुभयो ।तरकारी बेचेर दैनिक जिवन गरिरहेकाहरुमा अहिले ठुलो समस्या परेको छ ।

दैनिक घरखर्च र औषधि उपचार तरकारीखेतीबाट गर्ने किसानलाई बारीको तरकारीे नबिक्दासमस्या भएको संगिता मेहताको भनाई छ ।

कृषकको तरकारी बारीमा विग्रएपनि गाउँपालिका भने कुनै औपचारिक जानकारी नआएको बताउने गरेको छ वडामा निवेदन दिएपछि गाँउपालिका अध्यक्ष सँग कुरा राख्ने देवानगञ्ज गाउँपालिकाका ५ वडा अध्यक्ष सुर्यनारायण पालले बताउनुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *