समाचार

सुनसरीका स्थानिय तहमा अनुगमन

विराटनगर, १० जेठ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) १ नम्वर प्रदेश जिल्ला कमिटी, सुनसरीका अध्यक्ष योगेन्द्र प्रसाद मण्डल (पप्पु) को नेतृत्वमा सुनसरीका स्थानिय तहमा अनुगन भएको छ । अनुगमनका क्रममा विहिवार सुनसरीको हरीनगरा गाउँपालीका ३ मा सरोकारवाला पक्षसँग छलफल भएको छ ।

छलफलका क्रममा सरोकारवाला पक्षले सिमानाकाबाट लुकिछिपी आवतजावत र तस्करी बढेको साथै किसान सबैभन्दा ठुलो समस्यामा परेको बताएका छन् । नजिकै मकै बारी भएका कारण पनि तस्करी र आवतजावतमा सजिलो हुनेगरेको उनिहरुले बताएका छन् ।

दलालहरुले पैसा लिएर आवतजावत गराइरहेको र यो कार्य रोकिनुपर्ने हरिनगर गाउँपालीकाका सचिवालय सदस्य धर्मवीर आर्यले बताउनुभयो । दैनिक ज्याला मजदुरी गर्नेले पुन राहत नपाउँदा दैनिकी चलाउन समस्या भैरहेको छ । साथै खेतिपाति गर्ने समयमा खाद मल नपाउँदा किसानलाई झन ठुलो समस्या थपिएको छ ।

दैनिक ज्याला मजदुरी गर्नेलाई पुन राहत दिनुपर्ने र किसानका समस्या समाधान गर्दै खादमलको व्यवस्था हुनुपर्ने बताउनुहुन्छ, हरीनगर गाउँपालीकाका नेकपा वडा कमिटी अध्यक्ष विद्यानन्द शाह ।हरीनगरा गाउँपालीकाका वडा अध्यक्षले अति विपन्न चार सय चार घर परिवारलाई दुई हजार ७ सय ३० रुपैँया दिएको र छुटेका २ सय १३ घरपरिवारलाई पनि पुन राहत दिएको वताउनुभएको छ । दोस्रो चरणको राहत वितरण कार्य पनि चाडैँ गर्ने हरीनगर गाउँपालीका ३ का वडा अध्यक्ष अरविन्द मेहताले बताउनुभयो ।

किसानका समस्या समाधान गर्न गाउँपालीकाले समेत कुनै पहल नगरेको सरोकारवाला पक्षले बताएका छन् । यसरी नै किसानका समस्यालाई सरकारले वेवास्था गर्ने हो भने आउने दिनहरु भयावह हुने हरिनगर गाउँपालीकाका कृषक दयानन्द शाहको भनाई छ ।

अनुगमनका क्रममा भारतबाट अवैध रुपमा सामग्री आउने गरेको, लुकिछिपी आवतजावत हुने गरेको, कृषकहरु समस्यामा परेको र राहत वितरणमा अनियमितता भएको पाइएकाले सम्बन्धित निकायसँग छलफल गर्ने नेपाल कम्युनिष्ट पाटी (नेकपा) १ नम्वर प्रदेश जिल्ला कमिटी, सुनसरीका अध्यक्ष योगेन्द्र प्रसाद मण्डल (पप्पु) ले बताउनुभयो ।

हरिनगर गाउँपालीका वडा नं. ३ मा राहत वितरणमा काखापाखा साथै अपाङ्गता भएका व्यक्तिहरुले राहत नपाएको गुनासो आएको नेपाल कम्युनिष्ट पाटी (नेकपा) जिल्ला कमिटी, सुनसरीका अध्यक्ष मण्डलको भनाई छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *