मुख्य समाचार

सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय

विराटनगर, २५ असार । सरकारले सबै खालका सार्वजनिक यातायातका सवारीसाधन भोलीबाट संचालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता संचारमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक सवारीसाधन संचालन गर्न दिने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार उपत्यकाका तीनवटै जिल्लाभित्र र अन्य जिल्लाहरुको हकमा जिल्लाभित्र मात्रै संचालन गर्न पाइनेछ ।

अन्तर जिल्ला र लामो दुरीका सवारीसाधन भने संचालन गर्न पाइने छैन । एउटा जिल्लाबाट अर्काे जिल्लामा जानका लागि रोक लगाइनेछ । तर निजी सवारीसाधनलाई भने जोरविजोर कायम नै राखिएको छ ।

उहाँका अनुसार चालक सहित दुई जना र परिवारकै पाँच बर्ष मुनिको काखमा राख्न मिल्ने बच्चा भने राख्न पाइनेछ । मोटरसाइकल भने दुई जना चढाउन पाइनेछ । परिवारकै पाँच बर्ष मुनिका बच्चा भए राख्न पाइनेछ ।

त्यसै गरि ट्याक्सी संचालन गर्न दिने निर्णय गरेको छ । काठमाडौं उपत्यका भित्र र सम्वन्धित जिल्लाभित्र संचालन गर्न पाइनेछ । चालक बाहेक २ जना यात्रु र ती यात्रुका परिवार पाँच बर्ष मुनिका बच्चा बाहेक अरु राख्न दिइनेछ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *