ताजा खबर मुख्य समाचार समाचार

सप्तरीमा चोरीको आरोपमा चार जना चाेर पक्राउ

शुभ नारायण यादव सप्तरी ,२३ भदौ ।
विगत केहि दिन यता सप्तरीमा चाेरि र लुटपाटकाे घटनामा बृद्धि भएको छ । यसै क्रममा चोरी गरिएको आरोपमा सप्तरी प्रहरिले चार जना चाेरलाइ पक्राउ गरि सार्वजनिक गरेकाे छ ।सप्तरीको राजविराज नगररपालिका–७ गुदरीलाइन स्थित ओमप्रकाश साहको दुई तल्ले पक्की घरमा रहेको गणेश स्टोर किराना पसलमा भदौ २१ गते राति चोरी गरेको आरोपमा सप्तरी प्रहरीले चार जनालाई पक्राउ गरि अाज सार्वजनिक गरेकाे हाे ।

सो किराना पसल बाट भदौ २२ गते बिहान १ लाख ५० हजार रुपैयाँ बराबरका रिचार्ज कार्ड र नगद गरी ४ लाख रुपैयाँ चोरी भएको सूचना प्राप्त भएपछि अनुसन्धानमा खटिएका सप्तरी प्रहरीले पसलमा जडान गरिएको सीसीटिभी फुटेजका आधारमा चोरीमा संल्गनहरुको पहिचान गरी पक्राउ गरेको छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा अाज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले राजविराज नगरपालिका–६ को सैनी भनिने सनिया मण्डल, उनकी बहिनी ज्योतीकुमारी मण्डल, राजविराज नगरपालिका –४ का समिम अन्सारी र रुपनी गाउँपालिका–४ का लालमहमद राइनलाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जानकारी दिनुभयाे ।

प्रहरीले रिचार्ज कार्ड र नगद गरी ४ लाख ९ हजार ३ सय ४५ रुपैयाँ बरामद गरेको धमलाले जानकारि दिनुभयाे । यता पछिल्लोपटक विगत लामाे समयदेखि लकडाउन र बन्दा बन्दी भए पछि जिल्लामा चाेरि र लुटपाटकाे घटना बढेकाे नगरबासिहरुकाे भनाइ रहेकाेलछ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *