प्रदेश १ विराटनगर

संविधानसभा सदस्य घिमिरे भारतमा मृत फेला

विराटनगर, २० फागुन । संविधानसभा सदस्य झापाका धर्मप्रसाद घिमिरे भारतमा मृत अवस्थामा फेला पर्नुभएको छ । झापाको सीमावर्ती शहर पश्चिम बंगालको बागडोग्रामा मृत अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

तीन दिनदेखि हराइरहनु भएका पूर्वसभासद घिमिरेलाई भारतीय प्रहरीले आज विहान ३ बजे बागडोग्राको पश्चिम एसिएन हाइवेको छेउमा मृत अवस्थामा भेटेको हो । भारतीय प्रहरीले सडक दुर्घटनामा मृत्यु भएको जानकारी दिएको डीएसपी पोखरेलले बताउनुभयो ।

झापा बिद्रोहका योद्धा घिमिरे २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन झापा क्षेत्र नम्बर १ बाट निर्वाचित हुनु भएको थियो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *