विराटनगर

संक्रमितको स्वास्थ्य अवस्था सामान्य

विराटनगर, ११ वैशाख । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।

उपचार केन्द्रमा पुगेर संक्रमितको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिनु भएको हो । उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्री घिमिरेले जानकारी दिनुभयो । संक्रमितको उपचारमा चिकित्सक र स्वास्थ्यकर्मी गरि २५ जनाको टोली रहेको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

२५ जनाको टोलीले ४ सिफ्टमा काम गरिरहेको उहाँले बताउनुभयो । कोभिड १९ उपचार केन्द्रमा आज साँझ सम्म २८ जना भर्ना भएका छन् । १२ जना भारतीय र १६ जना नेपाली नागरिकको उपचार भईरहेको छ ।

उपचाररत सवैजना उदयपुरबाट ल्याईएको हो । भुल्केमा शुक्रबार १२, शनिबार १, मंगलबार ११ र हिजो ४ जनामा संक्रमण देखा परेको हो । कोभिड १९ उपचार केन्द्रमा पुगेर विश्व स्वास्थ्य संगठनको टोलीले पनि संक्रमितको अवस्थाबारे जानकारी लिएको छ । डा.पार्टील नेतृत्वको टोली कोभिड १९ उपचार केन्द्रमा पुगेको थियो ।

यसैवीच कोभिड १९ अस्पतालको सुरक्षा नेपाली सेना र नेपाल प्रहरीले गर्ने भएका छन् । अस्पतालको उत्तर तर्फबो गेटमा नेपाली सेनाको ७ जनाको टोली र दक्षिण तर्फको गेटमा ५ जनाको टोली खटिएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *