समाचार

संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिका का ६ र १५ नं वडा सिल गर्ने निर्णय

विराटनगर ५ जेठ । दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले दुई वटा वार्ड पूर्णरुपमा सिलबन्दी गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन विराटनगर १५ र विराटनगर ६ लाई सिल गरेर संक्रमितसँग सम्पर्कमा पुगेका व्यक्तिहरुको पहिचान गर्ने र उनीहरुको परीक्षण गर्ने तयारी गरिएको हो ।

विराटनगर १५ हडतालीहाट क्षेत्रका एक ३५ वर्षे युवा र विराटनगर ६ का २९ वर्षे महिलामा कोरोना पुष्टि भएको छ । पुरुष विराटनगर महानगरपालिकाका सफाई कर्मचारी हुन् भने महिला माछा व्यापारी हुन् ।

ती महिला केही दिन अगाडि मात्रै भारतबाट नेपाल फर्केको बताइएको छ ।कोरोना संक्रमित देखिएका विराटनगरका दुवैजना कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका छन् । हिजोसाँझ कोरोना पुष्टि भएपछि अस्पताल लगिएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञानवहादुर वस्नेतले जानकारी दिनुभयो ।

विराटनगरका दुई वटा वडा सिल गर्ने र अत्यावश्यक सेवा अन्तरगत दूध, पानी, औषधि पसल व्यवसाय बाहेक सबै बन्द गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिनुभएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *