प्रदेश १ स्वास्थ्य

वीएण्डसी अस्पताल सरकारलाई दिने प्रसाईंको घोषणा

बिर्तामोड १४ चैत । झापाको बिर्तामोडमा रहेको वीएण्डसी अस्पताल सरकारलाई दिने सञ्चालक दुर्गा प्रसाईंले घोषणा गर्नुभएको छ ।

विश्वव्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिरहेका वेला उपचारका लागि सरकारलाई अस्पताल सुम्पने उहाले घोषणा गर्नुभएको हो ।‘ वीएण्डसी अस्पतालमा हाल एक सय वटा आईसीयू, २५ वटा भ्यान्टिलेटर, एक सय ५ जना डाक्टर, नर्ससहित गरी ९ सय जना कर्मचारी रहेको प्रसाईले बताउनुभयो ।

उहाले ‘सरकारले ३६ जना डाक्टर माग्दा कोही जान नमानेको जानकारी दिनुभयो । हाम्रा डाक्टर काम गर्न तयार छन् तर, आवश्यक किट र प्रोटेक्टिभ लुगाको सरकारले व्यवस्था गरिदिनु पर्छ ।’

उहाले चिकित्सकलाई तलब लगायत सबै कुराको व्यवस्था गरे सरकारलाई आवश्यकता भएको दिनसम्मलाई अस्पताल दिन तयार रहेको बताउनु भएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *