अन्तराष्ट्रिय

विश्वमा कोरोना भाइरस कोभिड–१९ का कारण ९५ हजार बढीको मृत्यु

विराटनगर, २८ चैत । विश्वमा नोबल कोरोना भाइरस कोभिड–१९ का कारण संक्रमित हुने र मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार १६ लाख २ हजार बढी संक्रमित भएका छन् ।

९५ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ३ लाख ५५ हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् । अमेरिकामा सबैभन्दा बढी ४ लाख ६७ हजार ८ सय ८७ जना संक्रमित भएका छन् । थप १८ सय ५१ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या १६ हजार ६ सय ४२ पुगेको छ ।

स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार २ सय २३ पुगेको छ । मृतकको संख्या बढेर १५ हजार ४ सय ४७ पुगेको छ । इटालीमा १ लाख ४३ हजार ६ सय २६ जना संक्रमित भएका छन् भने १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख १८ हजार २ सय ३५ जना संक्रमित भएका छन् भने २ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७ सय ७९ पुगेको छ । १२ हजार २ सय १० जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोना संक्रमितको संख्या ६५ हजार ७७ जना संक्रमित भएका छन् । ७ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ । यस्तै, भारतमा संक्रमितको संख्या बढेर ६ हजार ७ सय २५ पुगेको छ । मृतकको संख्या २ सय २६ पुगेको छ । पाकिस्तानमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ८९ पुगेको छ । ६५ जनाको मृत्यु भएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *