समाचार

विश्वमा कोरोनाका कारण ४ लाख ६ हजारको मृत्यु

विराटनगर २६ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ६ हजार पुगेको छ । आजसाँझ सम्म ४ लाख ६ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ । ७१ लाख १४ हजार संक्रमित मध्ये ३४ लाख ७३ हजार बढि उपचारपछि निको भएका छन् । विश्वभर ३२ हजार ४ सय ५ नयाँ संक्रमित थपिएका छन् ।

५३ हजार ७ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १२ हजार ४ सय ७१ पुगेको छ । संक्रमितको संख्या २० लाख ७ हजार नाघेको छ । ब्राजिलमा ६ लाख ९१ हजार ९ सय बढी संक्रमित हुँदा ३७ हजार ३ सय १२ जनाको ज्यान गएको छ ।

रसियामा ४ लाख ७६ हजार ६ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ७१ पुगेको छ । यस्तै स्पेनमा २ लाख ८८ हजार ६ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख ८६ हजार १ सय संक्रमित भएका छन् । संक्रमित मध्ये ४० हजार ५ सय ४२ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ९० पुगेको छ । ७ हजार २ सय ७ जनाको मृत्यु भएको छ । भारतमा आज दिनभरीमा ६ सय ४ नयाँ संक्रमित थपिएका छन् । इटालीमा २ लाख ३४ हजार ९ सय बढी संक्रमित भएका छन् । इटालीमा ३३ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ ।

पेरुमा १ लाख ९६ हजार ५ सय बढी संक्रमित हुँदा ५ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८५ हजार ८ सय बढी संक्रमित मध्ये ८ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *