समाचार

विश्वभर ३ लाख २० हजार ४ सय ५८ जनाको मृत्यु

विराटनगर, ६ जेठ । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । आज साँझ सम्म ३ लाख २० हजार ४ सय ५८ जनाको मृत्यु भएको होे । कोरोना संक्रमितको संख्या ४९ लाख ११ हजार नाघेको छ ।

विश्वभर २४ घन्टाको अवधिमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घन्टामा विश्वभर तीन हजार ४ सय ४५ जनाको ज्यान गएको छ । विश्वभर करिब ४४ हजार ७ सय ६५ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख २० हजारको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३४ हजार ७ सय ९६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतार–चढाव यथावत छ । पछिल्लो २४ घन्टामा अमेरिकामा एक हजार व्यक्तिको मृत्यु भएको छ ।

योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या ९१ हजार ९ सय ८५ पुगेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । भारतमा संक्रमितको संख्या १ लाख २ हजार २ सय ३१ पुगेको छ ।

संक्रमितमध्ये ३ हजार १ सय ६९ जनाको मृत्यु भएको छ भने ३९ हजार ६ सय ५८ जना उपचारपछि घर फर्किएका छन् । उता पाकिस्तानमा पछिल्लो २४ घन्टामा एक हजार ८४१ जना नयाँ संक्रमित भेटिएका छन् ।

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९ सय ६६ जना पुगेको छ । पाकिस्तानमा कोरोना संक्रमितमध्ये हालसम्म ९ सय ३९ जनाको ज्यान गएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *