समाचार

विश्वभर कोरोनाबाट ५ लाख ८ हजारको मृत्यु

विराटनगर, १६ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ८ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख ८ हजार ८ सय ४४ जनाको मृत्यु भएको छ ।

आज साँझ सम्म विश्वभर १ हजार ३ सय १६ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड ४ लाख ३५ हजार पुगेको छ । विश्वभर ३२ हजार ४ सय १५ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ५६ लाख ९३ हजार बढि उपचारपछि निको भएका छन् । ५७ हजार ७ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २८ हजार ८ सय १९ पुगेको छ । संक्रमितको संख्या २६ लाख ८३ हजार नाघेको छ । ब्राजिलमा १३ लाख ७० हजार बढी संक्रमित हुँदा ५८ हजार ३ सय बढीको ज्यान गएको छ । रसियामा ६ लाख ४७ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ९ हजार ३ सय नाघेको छ ।

भारतमा ५ लाख ६८ हजार ४ सय ७३ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १६ हजार ९ सय १९ जनाको मृत्यु भएको छ । वेलायतमा संक्रमितको संख्या ३ लाख ११ हजार पुगेको छ । वेलायतमा ४३ हजार ५ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ९६ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ ।

पेरुमा २ लाख ८२ हजार ३ सय बढी संक्रमित हुँदा ९ हजार ५ सय बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ७५ हजार बढी संक्रमित मध्ये ५ हजार ५ सय बढीले ज्यान गुमाएका छन् । इटालीमा २ लाख ४० हजार बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ७ सय बढीको मृत्यु भएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *