समाचार

विश्वभर कोरोनाबाट ५ लाख ६३ हजारको मृत्यु

विराटनगर, २७ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ६३ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख ६३ हजार ५ सय २१ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ४ सय ८२ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड २६ लाख ५४ हजार पुगेको छ । विश्वभर ३८ हजार ८६ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ७३ लाख ८८ हजार बढि उपचारपछि निको भएका छन् । ५८ हजार ७ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६ सय पुगेको छ । संक्रमितको संख्या ३२ लाख ९२ हजार नाघेको छ । ब्राजिलमा १८ लाख ४ हजार बढी संक्रमित हुँदा ७० हजार ५ सय बढीको ज्यान गएको छ । भारतमा ८ लाख २३ हजार ९ सय २७ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणबाट २२ हजार १ सय ५३ जनाको मृत्यु भएको छ । रसियामा ७ लाख २० हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ । पेरुमा ३ लाख १९ हजार संक्रमित हुँदा ११ हजार ५ सय बढीको मृत्यु भएको छ ।

चिलिमा ३ लाख ९ हजार बढी संक्रमित मध्ये ६ हजार ७ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा ३ लाख बढी कोरोना संक्रमित मध्ये २८ हजार ४ सय बढीको मृत्यु भएको छ ।

मेक्सीकोमा संक्रमितको संख्या २ लाख ८९ हजार नाघेको छ । मेक्सीकोमा ३४ हजार बढीले ज्यान गुमाएका छन् ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *