समाचार

विश्वभर कोरोनाबाट ५ लाख ३४ हजारको मृत्यु

विराटनगर, २१ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ३४ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख ३४ हजार १ सय ६४ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ३ सय जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ करोड १४ लाख १० हजार पुगेको छ । विश्वभर ३८ हजार २ सय ४५ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ६४ लाख ५८ हजार बढि उपचारपछि निको भएका छन् ।

५८ हजार ५ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३२ हजार ३ सय पुगेको छ । संक्रमितको संख्या २९ लाख ३६ हजार नाघेको छ । ब्राजिलमा १५ लाख ७८ हजार बढी संक्रमित हुँदा ६४ हजार ३ सय बढीको ज्यान गएको छ ।

रसियामा ६ लाख ८१ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । भारतमा ६ लाख ७५ हजार ४ सय ५३ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १९ हजार ३ सय ३ जनाको मृत्यु भएको छ । भारतमा १ हजार ५ सय ४९ जना नयाँ संक्रमित थपिएका छन् ।

पेरुमा २ लाख ९९ हजार संक्रमित हुँदा १० हजार ४ सय बढीको मृत्यु भएको छ । स्पेनमा २ लाख ९७ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ९१ हजार बढी संक्रमित मध्ये ६ हजार बढीले ज्यान गुमाएका छन् ।

वेलायतमा संक्रमितको संख्या २ लाख ८४ हजार नाघेको छ । वेलायतमा ४४ हजार १ सय बढीले ज्यान गुमाएका छन् ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *