समाचार

विश्वभर कोरोनाबाट ४ लाख ८० हजारको मृत्यु

विराटनगर, १० असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ८० हजार पुगेको छ । आज साँझ सम्म ४ लाख ८० हजार ४ सय ६ जनाको मृत्यु भएको छ । आजदिनभरीमा विश्वभर १ हजार ४ सय ५७ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट हाल सम्म ९३ लाख ८२ हजार संक्रमित भएका छन् । विश्वभर ३७ हजार ७८ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ५० लाख ७० हजार बढि उपचारपछि निको भएका छन् ।

५८ हजार बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २३ हजार ४ सय ७६ पुगेको छ । संक्रमितको संख्या २४ लाख २४ हजार ४ सय नाघेको छ ।

ब्राजिलमा ११ लाख ५१ हजार बढी संक्रमित हुँदा ५२ हजार ७ सय बढीको ज्यान गएको छ । रसियामा ६ लाख ६ हजार ८ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ८ हजार ५ सय नाघेको छ ।

भारतमा ४ लाख ५७ हजार ६ सय ५६ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १४ हजार ५ सय ५ जनाको मृत्यु भएको छ । भारतमा १ हजार ५ सय ४१ नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या ३ लाख ६ हजार पुगेको छ । वेलायतमा ४२ हजार ९ सय बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख ९३ हजार ८ सय बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ । पेरुमा २ लाख ६० हजार ८ सय बढी संक्रमित हुँदा ८ हजार ४ सय बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ५० हजार ७ सय बढी संक्रमित मध्ये ४ हजार ५ सय बढीले ज्यान गुमाएका छन् ।

इटालीमा २ लाख ३८ हजार ८ सय बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ६ सय बढीको मृत्यु भएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *