समाचार

विश्वभर कोरोनाबाट ४ लाख ८३ हजारको मृत्यु

विराटनगर , ११ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार पुगेको छ । आज साझ सम्म ४ लाख ८५ हजार ६ सय ११ जनाको मृत्यु भएको छ । आज दिनभर विश्वभर १ हजार ६ सय ६२ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट हाल सम्म ९५ लाख ५७ हजार संक्रमित भएका छन् । विश्वभर ४१ हजार ३ सय ३४ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ५१ लाख ९७ हजार बढि उपचारपछि निको भएका छन् । ५८ हजार १ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २४ हजार २ सय ९४ पुगेको छ । संक्रमितको संख्या २४ लाख ६२ हजार ९सय नाघेको छ । ब्राजिलमा ११ लाख ९३ हजार बढी संक्रमित हुँदा ५३ हजार ८ सय बढीको ज्यान गएको छ । रसियामा ६ लाख १३ हजार ९ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ८ हजार ६ सय नाघेको छ । भारतमा ४ लाख ७४ हजार २ सय ७२ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणबाट १४ हजार ९ सय १४ जनाको मृत्यु भएको छ । भारतमा १ हजार २ सय ८७ नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या ३ लाख ६ हजार ८ सय ६२ पुगेको छ । वेलायतमा ४३ हजार बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख ९४ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय बढीको मृत्यु भएको छ । पेरुमा २ लाख ६४ हजार ६ सय बढी संक्रमित हुँदा ८ हजार ५ सय बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ५४ हजार ४ सय बढी संक्रमित मध्ये ४ हजार ७ सय बढीले ज्यान गुमाएका छन् ।

इटालीमा २ लाख ३९ हजार ४ सय बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *