समाचार

विश्वभर कोरोनाबाट ४ लाख ६७ हजारको मृत्यु

विराटनगर ७ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ६७ हजार पुगेको छ । आज साँझ सम्म ४ लाख ६७ हजार २ सय ९८ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ३२ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरसबाट हाल सम्म ८९ लाख ४४ हजार संक्रमित भएका छन् । विश्वभर ३६ हजार ६६ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ४७ लाख ५८ हजार बढि उपचारपछि निको भएका छन् ।

५४ हजार ५ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २१ हजार ९ सय ९९ पुगेको छ । संक्रमितको संख्या २३ लाख ३० हजार नाघेको छ । ब्राजिलमा १० लाख ७० हजार बढी संक्रमित हुँदा ५० हजार बढीको ज्यान गएको छ ।

रसियामा ५ लाख ८४ हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ८ हजार १ सय नाघेको छ । भारतमा ४ लाख १२ हजार ७ सय ८८ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १३ हजार २ सय ९० जनाको मृत्यु भएको छ । भारतमा १ हजार ६१ नयाँ संक्रमित थपिएका छन् ।

वेलायतमा संक्रमितको संख्या ३ लाख ३ हजार पुगेको छ । वेलायतमा ४२ हजार ५ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ९३ हजार बढी कोरोना संक्रमित मध्ये २८ हजार ३ सय २२ जनाको मृत्यु भएको छ ।

पेरुमा २ लाख ५१ हजार ३ सय बढी संक्रमित हुँदा ७ हजार ८ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३८ हजार बढी संक्रमित भएका छन् ।

इटालीमा ३४ हजार ६ सय बढीको मृत्यु भएको छ । चिलिमा २ लाख ३६ हजारबढी संक्रमित मध्ये ४ हजार २ सय बढीले ज्यान गुमाएका छन् ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *