समाचार

विश्वभर कोरोनाबाट ४ लाख ५१ हजारको मृत्यु

विराटनगर, ४ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार पुगेको छ । आज साँझसम्म ४ लाख ५१ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार ४ सय ९७ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट हाल सम्म ८४ लाख ६६ हजार संक्रमित भएका छन् । विश्वभर ३७ हजार ७ सय १४ नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ४४ लाख ३९ हजार बढि उपचारपछि निको भएका छन् । ५४ हजार ४ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १९ हजार ९ सय ४३ पुगेको छ । संक्रमितको संख्या २२ लाख ३४ हजार नाघेको छ । ब्राजिलमा ९ लाख ६० हजार बढी संक्रमित हुँदा ४६ हजार ६ सयबढी जनाको ज्यान गएको छ । रसियामा ५ लाख ६१ हजार बढी संक्रमित भएका छन् ।

रसियामा मृत्यु हुनेको संख्या ७ हजार ६ सय ६० रहेको छ । भारतमा ३ लाख ६८ हजार ६ सय ४८ संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १२ हजार २ सय ७५ जनाको मृत्यु भएको छ । भारतमा १ हजार ३ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् । वेलायतमा संक्रमितको संख्या २ लाख ९९ हजार पुगेको छ ।

वेलायतमा ४२ हजारबढीले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ९१ हजार ७ बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । पेरुमा २ लाख ४० हजार ९ सय बढी संक्रमित हुँदा ७ हजार २ सय बढीको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३७ हजार ८ सय बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार ४ बढीको मृत्यु भएको छ । चिलिमा २ लाख २० हजारबढी संक्रमित मध्ये ३ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *