प्रदेश १ बिबिध विराटनगर

विराटनगर १९ मा पशु स्वास्थ्य शिविर सम्पन्न

विराटनगर ४ चैत्र । विराटनगर महानगरपालिकाले एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

सोमवार महानगर स्थित वडा नं १९ मा गरिएको शिविरमा ५सय ८ वटा पशुको स्वास्थ्य परिक्षण गरिएको भेटनरी शाखा प्रमुख हिरालाल यादवले जानकारी दिनुभयो । शिविरमा नाम्लेजुकाको औषधी वितरण ,बीरामी पशुको परिक्षण ,गर्भपरिक्षण ,शल्यक्रिया ,बोका र बहरको बन्ध्याकरण लगायतका काम गरिएको छ ।

यसखाले कार्यक्रमले कृषकहरु लाभान्वित भएको बताईएको छ । पशुवाट मानिसले धेरै लाभ लिए पनि पशु प्रति गरिने ब्यवहारमा परिवर्तन ल्याउन भन्दै महानगरले यसखाले कार्यक्रम ल्याएको यादवले बताउनु भयो ।

शिविरमा सहभागि भएका महानगर प्रमुख भीम पराजुलीले मानवले पशुहरु बाट लिने लाभ संगै उनीहरुप्रति गरिने ब्यवहारमा सद्भाव देखाउन निशुल्क स्वास्थ्य शिविर आयोजनाका लागि पहलकदमी लिएको बताउनुभयो ।

महानगर भित्रका पशु पालक कृषकलाई लाभ हुने गरी थप कार्यक्रम ल्याइने प्रमुख पराजुलीले बताउनुभयो । यस्तै वडाध्यक्ष बद्री सरदारले आफ्नो वडामा पशुपालक कृषकको संख्या बढी भएको र निःशुल्क पशु स्वास्थ्य शिविरले कृषकहरु लाभान्भित भएको बताउनुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *