विराटनगर

विराटनगर महानगरपालिकाले शुरुगर्यो राहत वितरण

विराटनगर २३ चैत। विराटनगर महानगरपालिकाले आजदेखी गरिब तथा बिपन्न वर्गका लागि राहत वितरणको काम शुरु गरेको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउनलाई थप कडा बनाउदै लगेपछि त्यसको प्रत्यक्ष मारमा परेका गरिब तथा असाहयलाइ राहत वितरण शुरु गरेको छ । आज वडा नम्बर १ बाट प्रमुख भीम पराजुलीले राहत वितरणको कार्य शुरु गर्नु भएको हो ।राहत वितरणका लागि गएराती विराटनगरको बीरेन्द्र सभागृहमा खाद्यान्न लगायतका सामाग्री प्याकिङको काम गरिएको थियो ।

आजबाट महानगरको वडा नम्बर १, २, ३, ४, १०, १६ र १९ मा राहत वितरण गरिने बताइएको छ । स्थानीय तह, राजनीतिक दल, टोल संगठन सम्मिलित समितिले सिफारिस गरेका वडाका गरिब तथा बिपन्न लाई राहत सामाग्री वितरण गर्न लागिएको हो । महानगरपालिका भित्र रहेका करिब २६ हजार परिवारलाई राहत सामाग्री वितरण गर्ने लक्ष्य राखेको छ ।

महानगरले तयार पारेको राहत सामाग्रीमा चामल १२ केजी, दाल डेढ केजी, आलु दुई केजी, आधा लिटर खानेतेल, एक केजी नुन र एक डल्ला साबुन रहेको छ ।महानगरले वडा समितिको कार्यालयबाट राहत सामाग्री वितरणको प्रबन्ध गरेको छ ।

वडाले लगत लिएर कुपन बाँडेपछि सोही कुपनको आधारमा राहत सामाग्री वितरणको ब्यवस्था गरिएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *