प्रदेश १ विराटनगर स्वास्थ्य

विराटनगर बसपार्कमा हेल्थ डेस्क स्थापना

विराटनगर ९ चैत । विराटनगर बसपार्कमा आज हेल्थ डेस्क स्थापना गरीएको छ । अन्यठाउ भन्दा बढी भिडभाड हुने बिराटनगर बसपार्कमा आजदेखि हेल्थ डेस्क राखिएको बिराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले जानकारी दिनुभयो ।

जोगवनीबाट नेपाल प्रबेश गरेर बिभिन्न ठाउँमा पुग्नको लागि बिराटनगर बसपार्क प्रयोग हुने भएकोले बसपार्कमा हेल्थ डेस्क राखेर यात्रुको तापक्रम जाच गरीनुका साथै कोरोना बारे सचेतना जगाउने बताईएको छ ।

हेल्थ डेस्कमा कोरोनाबाट बच्ने उपाय सहितको सचेतना मुलक सामाग्रीहरु समेत राखिनु का साथै यात्रुहरुलाई हात धोएर मात्र सवारी साधन प्रयोग गर्न पनि सोही डेस्कबाट जानकारी गराईने महानगरपालिकाले जनाएको छ ।

बसपार्कमा नियमित हात धुनको लागि दुईवटा टंकीमा ६ वटा धारा जडान गरिएको छ । बिराटनगर बसपार्कबाट दैनिक ४ सयको हाराहारीमा बसहरु देशका धेरै ठाउँमा छुट्ने गरेको भएपनि अहिले त्यो संख्या घटेको बसपार्क ब्यवस्थापन समितिका सदस्य तथा यातायात ब्यवसायी उत्तम चौलागाईले जानकारी दिनुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *