विराटनगर

लायन्स क्लब अफ विराटनगर ग्लोबलद्धारा खाद्यान्न वितरण

विराटनगर, २१ चैत । लायन्स क्लब अफ विराटनगर ग्लोबलले २ सय घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । क्लबले विराटनगर–८ मधुमारास्थित बधशाला मार्गमा बसोबास गर्दै आएका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने आम नागरिकहरुमा खाद्यान्न वितरण गरेको हो ।

कोरोना भाईरसको सङक्रमण न्युनीकरण गर्र्न जारी गरिएको लकडाउनको समयमा दुई छाकको भोक टार्न धौ धौ परेकाहरुमा केही राहतको वातावरण सिर्जना गर्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको जनाईएको छ ।

क्लबले विराटनगर–८ मा बसोबास गर्दै आएका स्थानीयहरुमा ३ केजी चामल, आधा लिटर खाने तेल र आदि केजी आलु लगायतका सामाग्री वितरण गरेको क्लबका सेकेण्ड भाईस प्रेसिडेन्ट मोहम्मद नशरुलले बताउनुभयो ।

क्लबका प्रेसिडेन्ट ईन्द्र खत्रीको अध्क्षतामा भएको खाद्यान्न वितरणमा भने समाजसेवी दिलशाद आलम, नुर आलम र क्लबका सदस्य लगायतले सहजीकरण गर्नुभएको थियो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *