अर्थ तथा बणिज्य प्रदेश १

‘लकडाउन’का कारण भन्सार प्रभावित

विराटनगर १८ चैत । कोरोना भाइरस (कोभिड १९) को संक्रमण तथा रोकथामका लागि सरकारले ‘लकडाउन’ गरेपछि त्यसको असर भन्सार क्षेत्रमा समेत परेको छ । गत चैत्र ११ देखि सुरु भएको लकडाउनका कारण १७ गते सोमबारसम्म विराटनगर भन्सार कार्यालयले २२ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

लकडाउन भएयता ७ दिनको यस आंकडा अनुसार भन्सारको चैत्र महिनाको ३ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य प्रभावित हुने देखिएको छ । एकीकृत जाँच चौकी (आईसीपी) का प्रवक्ता गोपीकृष्ण उप्रेतीका अनुसार यसबीचमा आइतबार सर्वाधिक १ सय ७ वडा मालवहाक सवारी पास भएको छ । त्यसैगरि, लकडाउनयता यस नाकाबाट शुक्रबार ३९ ट्याकर पेट्रोल, १७ ट्याकर डिजेल र १९ बुलेट ग्याँस नेपाल भित्रएको छ ।

उप्रेतिका अनुसार शुक्रबार जम्मा १७ वटा इन्धनका सवारी भित्रिएको छ । त्यसैगरि, शनिबार १३ वटा ग्याँसको बुटेल भित्रिएदेखि आइसिपीबाट हालसम्म इन्धन भित्रिएको छैन । भन्सार कार्यालयका अनुसार लकडाउन सुरु हुन पूर्व हिँडेका सवारीसाधन हालसम्म भित्रिएका हुन् । तथापी हालसम्म हरियो तरकारी तथा फलुफल भने भित्रिनै रहेको कार्यालयले जनाएको छ ।

सोमबार ५४ वटा मालवहाक सवारी नेपाल भित्रिएको छ । जसमा ७ ट्रक आलु, १ ट्रक प्याज, २ ट्रक मकै, क्रुड तेल तथा औद्योगिक सामान रहेको छ । यसरी भित्रिने सवारी तथा चालकको स्वास्थ्य उपचार परिक्षणका लागि महानगरपालिकाले हेल्थडेस्क राखेको छ । उनीहरुद्धारा चालकहरुको ज्वरो नाप्नेमात्र काम भइरहेको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *