प्रदेश १ मुख्य समाचार विराटनगर

रेडियो रिपोर्ट प्रभाव : वीएफएमका कारण हामीले राहत पायौं

मोहन ढकाल

विराटनगर, ४ असार । विराटनगर १९ का सुकुम्वासी परीवारले लकडाउन शुरु भएको केही समय देखि राहतका लागि दैनिक जसो वडा कार्यालय धाए ।

वडा कार्यालयले लकडाउन शुरु भएको केही समय पछि राहत वितरण गर्यो । राहतले केही दिन सुकुम्वासी परीवारलाई राहत मिल्यो । फेरि उनीहरुको दैनिकी शुरुभयो । हरेक दिन वडा कार्यालय जाने, वडाध्यक्षसँग राहत माग्ने । लकडाउनका कारण काम गर्ने ठाउँ नभएपछि उनीहरुलाई दैनिक हातमुख जोर्न नै धौ धौ परेको थियो ।

हरेक दिन वडा कार्यालय गएपनि राहत उनीहरुले पाएका थिएनन् । वडा कार्यालयले वजेट छैन । थप राहत वितरण गर्न नसक्ने भनेर फर्काउने गरेको थियो । वडा कार्यालयमा राहत माग्न जानेमा गर्भवती महिला र बालबालिका पनि हुने गरेका थिए ।

सुकुम्वासी परीवारको समस्याबारे वीएफएममा रेडियो रिपोर्ट तयार गरियो । निरन्तरको लकडाउनका कारण प्रभावित भएका सुकुम्वासी परीवारले राहत नपाएको रेडियो रिपोर्ट वीएफएमले गत जेठ २६ गते साँझ ६ वजेको समाचारमा प्रसारण गरेको थियो । रिडियो रिपोर्ट वजे लगत्तै सिविन विराटनगरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

विराटनगर महानगरपालिका १९ का अतिविपन्न परिवार साथै गर्भवती र सुत्केरी महिलाहरु सहित १२ घर परिवारलाई अहिले राहत वितरण गरिएको छ । सिविन नेपाल विराटनगरले वडा नं. १९ सँग सहकार्य गरेर गर्भवती, सुत्केरी साथै अति विपन्न परिवारका वालवालिकाका लागि राहत वितरण गरेको हो । राहत पाएपछि विपन्न परिवार हर्षित भएका छन् ।

एक दर्जन घरपरिवारलाई १० केजी चामल, १ केजि दाल, १ लिटर तेल, २ केजी चिउरा साथै चिनी, विस्कुट, सावुन, नुन, मसला लगायतका सामाग्री वितरण गरिएको छ । गर्भवति र सुत्केरी महिलालाई १ क्यारेट अण्डा, १ केजि घ्यू साथै ज्वानो समेत वितरण गरिएको छ ।

बीएफएममा प्रसारण भएको समाचारबाट समस्यामा परेकाहरुको पहिचान गरेर वडासँगको समन्वयमा राहत वितरण गरिएको सिविन नेपाल वाल हेल्पलाइन सामाजिक कार्यकर्ता सविना सापकोटाले बताउनुभयो । सिविन नेपालको सहयोगमा वडा कार्यलयमै राहत वितरण गरिएको छ । बिएफएममा प्रसारण भएको रिपोटको आधारमा सिविन नेपालले वडासँग सहकार्य गरेर विपन्नलाई राहत वितरण गरिएको वडा १९ की सदस्य सम्झना भुजेलले बताउनुभयो ।

विपन्न परिवारले राहत पाएकोमा आफु हर्षित भएको वडा सदस्य विना देवि सरदारले वताउनुभयो । बीएफएमले प्रशारण गरेको समाचार प्रभावले सिविन नेपालले समस्यामा परेकाले राहत पाउँदा आफु हर्षित भएको उहाँले बताउनुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *