समाचार

रुकुम घटनाको विरोध गर्दै विराटनगरमा धर्ना

विराटनगर, १० असार । रुकुम घटनाको विरोध गर्दै विभिन्न संघसंस्था र दलित जनवर्गीय संघ संगठनहरुले विराटनगरस्थित जनआन्दोलन चोकमा धर्ना दिएका छन् ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा विभिन्न संघसंस्था र दलित जनवर्गीय संघ संगठनहरुले धर्ना दिएका हुन् ।

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाका दोषीमाथि कडा कारबाहीको माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्मा, दलित मुक्ति संगठनका अध्यक्ष जितनारायण सरदार र रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माको नेतृत्वमा धर्ना दिइएको थियो ।

धर्नामा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, राष्ट्रियसभाका निवर्तमान सांसद खेम नेपालीलगायतले ऐक्यबद्धता जनाउनुभएको थियो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *