विराटनगर

मोरङ क्षेत्र ५ का विपन्नलाई राहत हस्तान्तरण

विराटनगर, ३१ वैशाख । मोरङ क्षेत्र नम्बर ५ का विपन्न परिवारलाई वितरण गर्ने गरी विराटनगरका युवा समाजसेवी मनिष गुरुङले खाद्य सामग्री हस्तान्तरण गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट समाजसेवी गुरुङले नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याललाई आज खाद्य सामग्री हस्तान्तरण गर्नुभएको हो । गुरुङले क्षेत्र नम्बर ५ का १ सय १ विपन्न परिवारका लागि एक हप्ता पुग्ने चामल, दाल, नुन, तेल, साबुन, चिउरालगायतका सामग्री हस्तान्तरण गर्नुभएका होे ।

सो राहत कांग्रेस नेता अर्यालमार्फत मोरङ क्षेत्र नम्बर ५ का विपन्न परिवारलाई वितरण गरिने जनाइएको छ । सत्तामा नभए पनि कांग्रेसले जनताका समस्या समाधानमा लागेकाले आफूले कांगे्रससँग नजिकिएको गुरुङले बताउनुभयो ।

उहाले आगामी दिनमा पनि अन्य राहत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । अर्यालले गुरुङले राहत उपलब्ध गराएर प्रशंसनीय कार्य गरेको बताउनुभयो ।

सो अवसरमा प्रदेश सांसद विन्दिया कार्की, तरुण दल मोरङ अध्यक्ष सञ्जय थापा (प्रभाकर), कोषाध्यक्ष अनिल रिजाल, युवा नेता पंकज वर्मा, मनिष तिम्सिनालगायतको सहभागिता रहेको थियो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *