समाचार

मोरङमा हालसम्म १ सय २१ जना कोभिड १९ का विरामी निको भएर घर फर्किए

विराटनगर, ६ असार । मोरङमा रहेका कोभिड उपचार केन्द्रहरुबाट हालसम्म १ सय २१ जना कोभिड १९ का विरामीले उपचार सेवा लिएर निको भएर घर फर्किएका छन ।

प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र मोरङको सुन्दरहरैचा गोठगाँउस्थित पुर्वाञ्चल विश्वविद्यालयमा राखिएको आइसोलेशन केन्द्रबाट उपचार सेवा लिएर १ सय २१ जना घर फर्किएका हुन ।

ती दुईस्थानमा हालसम्म २ सय ३१ जना कोरोना संक्रमितहरु भर्ती भएकोमा असार ५ सम्म १ सय २१ जना निको भएर घर फर्किएका छन भने १ सय १० जना हाल उपचाररत छन । हालसम्म कोशी अस्पताल कोभिड उपचार केन्द्र विराटनगरमा १ सय ६ जना कोरोना संक्रमितहरु भर्ती भएकोमा ८१ जना उपचार सेवा लिएर फर्किएका छन ।

यसैगरि गोठगाँउस्थित पुर्वाञ्चल विश्वविद्यालयको आइसोलेशनमा १ सय ८५ जना संक्रमित भर्ती भएकोमा ८५ जना निको भएर घर फर्किएका छन ।

हाल कोशी अस्पताल कोभिड उपचार केन्द्र विराटनगरमा २५ जना र गोठगाँउस्थित पुर्वाञ्चल विश्वविद्यालयको आइसोलेशन केन्द्रमा ८५ जना उपचाररत छन ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *