समाचार

मोरङको बेलबारीमा होल्डिङ एरियाको निर्माण सुरु

विराटनगर, १२ जेठ । मोरङको बेलबारी नगरपालिकाले २४ घन्टाभित्र सय जनासम्मलाई राख्न सकिने गरी होल्डिङ एरियाको निर्माण सुरु गरेको छ ।

विभिन्न देशमा कर्मथलो भई लकडाउनको समयमा आफ्ना घरमा आएका नगरवासीलाई राख्नका लागि नगरपालिकाले होल्डिङ एरिया बनाउन सुरु गरेको हो । बेलबारी नगरपालिका वडा नम्बर १० मा रहेको धिरनाथ संफुल बिद्यालयमा नगरपालिकाले २४ घन्टाभित्रमा होल्डीङ एरिया बनाई सक्ने नगरपालिकाका प्रमखु ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

होल्डिङ एरियामा बसेकाहरुलाई १४ दिनसम्म राखेर उनीहरुको स्वास्थ्य चेकजाच गरेर मात्रै घर पठाइने छ । यस्तै शनिवार बसेको कोरोना रोग रोकथाम नगर समन्वय समिति बेलबारीको बैठकले होल्डिङ एरिया क्षेत्र ब्यबस्थापन गर्नका लागि वडा नम्बर १० का वडाध्यक्ष गंगाबहादुर याख्खाको संयोजकत्वमा एक उपसमिति गठन गरेको छ ।

यस्तै नगरपालिकाका स्वास्थ्य शाखाका सन्तोष बिश्वकर्माको संयोजकत्वमा रहेको टोलीले होल्डिङ एरियामा आवश्यक सामाग्री ब्यबस्थापन गर्नेछ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *