समाचार

महेन्द्र मोरंगमा पठन पाठन शुरु

विराटनगर, २४ असार । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा सामाजिक दुरी कायम गर्दै पढाई सुरु गरेको छ ।

क्याम्पसले हिजो देखी शिक्षा संकाय अन्तर्गत स्नातकोत्तर तह (एमएड) मा स्वास्थ्य सुरक्षा अपानाउदै पढाइ सुरु गरेको हो ।

कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि त्रिभुवन विश्वविद्यालयको आह्वान गरेसँगै चैत ७ गतेबाट क्याम्पसले सबै पठनपाठन बन्द गरेको थियो ।

कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि गर्नु पर्ने नियम पालना गर्दै पुन पठनपाठन सुरु गरिएको शिक्षा संकायका प्राध्यापक बद्री पौडेलले बताउनुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *