बिचार

महिला सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम

इलाम ५ फागुन । महिला सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम हिजोदेखि इलामको अन्तुमा शुरु भएको छ । प्रदेश १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ प्रदेश १ को समन्वयमा तालिम शुरु भएको हो । इलाम, पाँचथर ताप्लेजुङ, झापा, मोरङ, सुनसरीका २५ बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

तालिम उद्घाटनका अवसरमा वक्ताहरुले सञ्चारकर्मी महिलाहरुलाई सञ्चारक्षेत्रमा टिक्नै समस्या भएको बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष विक्रम लुईंटेलले सञ्चार क्षेत्रमा क्षमता हुँदा अवसर पनि राम्रो भएको बताउनु भयो । उहाँले प्रदेश १ मा पत्रकार महिलाको संख्या ठूलो भएपनि काम गर्ने महिलाहरु औंलामा गन्न सकिने बताउनु भयो

यस्तै नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष कोकिला ढकालले कम पैसामा काम गर्नुपर्ने बाध्यताका कारण महिलाहरुलाई सञ्चार क्षेत्रमा टिकाइ राख्न समस्या भएको बताउनु भयो । कार्यक्रममा महिला सञ्चारगृह झापाकी अध्यक्ष अम्बिका भण्डारी, पत्रकारहरु गंगा पौड्याल, निलिफा सुब्बा लगायतले महिलाहलाई सञ्चार क्षेत्रमा लामो समयसम्म काम गर्न चुनौती रहेको बताएका थिए ।

कार्यक्रममा मन्त्रालयका सचिव वीरबहादुर राईले मन्त्रालयले सञ्चारकर्मी महिलाहरुका क्षमता अभिवृद्धिका लागि अन्य काम पनि गर्ने प्रतिवद्धता जनाउनु भयो । तालिमको रजनिश भण्डारीले सहजीकरण गरिरहनु भएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *