प्रदेश १ बिबिध विराटनगर

महानगर प्रमुखको बर्षभरिको तलब कोरोना कोषलाई

विराटनगर , १७ चैत । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले कोराना कोषलाई एक बर्षभरिको तलब र सुबिधा प्रदान गर्नुभएको छ ।

आज बसेको विराटनगर महानगरपालिकाको कार्यकारणी बैठकले स्थापना गरको कोराना कोषलाई प्रमुख पराजुलीले एक बर्षको तलब र सुबिधा बापतको ४ लाख ९० हजार रुपैया प्रदान गर्नुभएको हो ।

उहाँले पहिलो बर्षको तलब सुबिधा विराटनगर १ स्थित सयपत्री र दोस्रो बर्षको विराटनगर १९ स्थित जागृति अधारभुत विद्यालयलाई प्रदान गर्नुभएको थियो ।

सो कोषमा महानगरका सबै जनप्रतिनिघिले एक महिनाको तलव र सेवा सुविधा वापतको रकम प्रदान गरेका छन ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *