समाचार

भारतबाट २ हजार ५ सय ५७ जना स्वदेश फर्किए

विराटनगर, ९ असार । विराटनगर–जोगबनी सिमा नाकाबाट गत दुईदिनमा ५६ जना नेपाली नागरिक भारतबाट स्वदेश फर्किएका छन् ।

सो सिमा नाकाबाट आइतबार २७ जना र सोमबार २९ जना गरी बितेको दुईदिनमा ५६ जना नेपाल फर्किएका हुन् । दुईदिनमा नेपाल भित्रिएकामा ४३ पुरुष र १३ जना महिला छन् ।

विराटनगर जोगबनी सिमा नाकाबाट नेपाल फर्किने नागरीकहरुको संख्या २ हजार ५ सय ५७ पुगेको छ । चैत १३ यता २ हजार ६९ पुरुष र ४ सय ८८ महिला गरी २ हजार ५ सय ५७ जना स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सो अवधिमा ४ हजार ७९ जना भारतीयहरु जोगबनीको आइसिपि क्याम्प हुँदै भारततर्फ लागेका छन् ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *