अर्थ तथा बणिज्य विराटनगर

बिपद ब्यबस्थापन कोषमा प्याव्सनको सहयोग

विराटनगर, २२ चैत । निजि तथा आवासीय विद्यालयहरुको साझा सङ्गठन प्याब्सन तथा एनप्याब्सन नगर समिति बेलबारीले संयुक्त रुपमा मोरंगको बेलबारी नगरपालिकाको बिपद ब्यबस्थापन कोषको लागि ३ लाख १३ हजार ३ सय १७ रुपैया जम्मा गरेका छन ।

आज प्याब्सन तथा एनप्याब्सन नगर समिति बेलबारीले नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई सो रकम हस्तान्तरण गरेका हुन् । प्याब्सन मोरङका कोषाध्यक्ष जगत बस्नेत, नगर अध्यक्ष भुपाल बस्नेत तथा एन प्याब्सन नगर अध्यक्ष नारायण ढकालले रकम हस्तान्तरण गरेका हुन ।

सारा विश्व नै कोरोनाको कारणले भयावह अवस्थामा पुगेको अवस्थामा राज्यलाई सहयोग गर्नु आफूहरुको पनि दायित्व भएकोले नगरपालिकाको विपद कोषमा रकम जम्मा गरेको प्याब्सन मोरङका कोषाध्यक्ष वस्नेतले बताउनुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *