समाचार

बहुवर्षे योजनाहरुको पुन प्राथमिकीकरण गर्ने : मन्त्री आङ्बो

विराटनगर १६ जेठ । स्रोत अभावका कारण प्रदेश सरकारले यस अघि सञ्चालन गरेको प्राथमिकताप्राप्त बहुवर्षे योजनाहरुको पुनः प्राथमिकीकरण गर्ने भएको छ ।

पुनःप्राथमिकीकरण गरी केहीलाई निरन्तरता दिने र केहीलाई स्थगित गर्ने तयारी गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभएको छ ।

प्रदेशसभाको छलफलका क्रममा बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री आङ्बोले प्रदेश १ सरकारले प्रदेश सभामा पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकतासहित पूर्व बजेट माथिको कोभिड १९ का कारण राजश्व, रोजगारी र उत्पादलन आदि धेरै क्षेत्र प्रभावित भएकोले सरकारलाई स्रोतको दवाव परेको बताउनुभयो ।

मन्त्री आङ्बोले सदनमा जवाफ दिएसँगै प्रदेश १ को पूर्व बजेट छलफल समाप्त भएको छ । छलफलमा दुई दर्जन बढी प्रदेशसभा सदस्यहरुले भाग लिनुभएको थियो । छलफलमा कोरोना रोगको विरुद्धमा केन्द्रीत हुनुपर्ने बजेट वितरणमुखि हुने देखिएको भन्दै प्रदेशसभा सदस्यहरुले जनतालाई राहत दिनेगरी कार्यक्रम बनाउन सुझाव दिएका थिए ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *