ताजा खबर मुख्य समाचार समाचार

फेसबुकमा फोटो राखेकै विषयमा झडप, ७ राउण्ड अश्रुग्यास प्रहार

फेसबुकमा फोटो राखेको बिषयमा जनकपुरधामका दुई पक्षबीच झडप भएको छ ।

जनकपुरधाम वडा नम्बर २० रुपैठामा शनिबार एकासी भएको झडपमा झण्डै दर्जन व्यक्तिलाई चोट लागेर घाइते भएका छन् । भिड लाई तितर बितर पार्न र झडप रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छन् ।

दुबै पक्ष एकअर्कासँग लड्न थालेपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नु परेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले बताए । उनका अनुसार मोहर्रम पर्व मनाउन बनाइएको दाहाको फोटो फेसबुकमा राखिएको बिषयमै वाद बिबाद उत्पन्न भएको थियो ।

अहिले अबस्था सामान्य भएको र विवाद मिलाउन दुबै पक्षबीच छलफल भइरहेको उनले जानकारी दिए । ‘दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर छलफल गराइरहेका छौं’ मिश्रले जानकारी गराउनु भएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *