समाचार

प्रदेश १ सरकारलाई ७ करोड ७४ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर, १९ जेठ । प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामाग्री मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ का संयोजक मुकेश उपाध्यायले हस्तान्तरण गर्नुभएको हो । करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्राप्त भएको स्वास्थ्य सामाग्रीमा पिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान रहेका छन् ।

त्यस्तै आरडिटी किट १० हजार, भिटिएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पिपिइ ५ हजार, एन ९५ मास्क ५ हजार, सर्जिकल मास्क २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइआर थर्ममिटर २ सय, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ ।

स्वास्थ्य सामाग्रीहरु प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताउनुभयो ।स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा तीब्बत सरकारलाई मुख्यमन्त्री राईले धन्यवाद समेत दिनु भएको छ । प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा तिब्र बनाएको छ ।

.

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *