समाचार

प्रदेश १ सरकारद्धारा १७० थान मोटरसाईकल र १० थान स्कुटर प्रदान

बिराटनगर,२१ असार । प्रदेश १ सरकारले प्रहरीलाई मोटरसाईलक र स्कुटर हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई १७० थान मोटरसाईकल र १० थान स्कुटर प्रदान हस्तान्तरण गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वरबाबु कार्कीलाई चावी हस्तान्तरण गर्नु भएको थियो । मन्त्री कार्कीले नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउनुको बिकल्प नरहेको बताउनु भयो ।

हरेक प्रहरी युनिटमा सवारी साधन पुर्याउने र आन्तरिक शान्ति सुरक्षालाई थप सुदृढ बनाई आम नागरीकलाई सुरक्षाको प्रत्याभुति दिलाउने प्रदेश सरकारको नीति रहेको बताउनुभयो ।

मन्त्रालयले ट्राफिक ब्यबस्थापनमा सहजताका लागि १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीलाई १० थान मोटरसाईकल हस्तान्तरण गरेको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *