समाचार

प्रदेश १ लाई हजार थान पीपीई र मास्क उपलव्ध हुने

विराटनगर २ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश १ का सचिव तथा प्रतिनिधि सभा सदस्य सुरेशकुमार राईको पहलमा एक हजार थान पीपीई प्रदेशमा उपलव्ध हुने बताइएको छ ।

कोरोना संक्रमितको उपचार भइरहेको कोशी अस्पताल विराटनगर, सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रदेश एक अन्र्तगत सबैभन्दा बढी संक्रमित देखिएको उदयपुरमा पीपीई र मास्क हस्तान्तरण गर्ने राइले जानकारी दिनुभएको छ ।

सांसद राईको पहलमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले पीपीई सेट र मास्क उपलब्ध गराएको हो । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट तथा राज्यमन्त्री मोतिलाल दुगढले साmे सामग्री सांसद राईलाई उपलव्ध गराउनुभएको हो ।

उदयपुर जिल्लाका लागि एक हजार थान एन ९५ मास्क पनि प्राप्त भएको र छिट्टै पुर्याइने बताईएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *