प्रदेश १

प्रदेश १ मा २ हजारको नमूना संकलन

विराटनगर, २८ वैशाख । प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद २ हजार बढीको स्वाव संकलन गरिएको छ । हिजो सम्म ५ सय ३४ महिला र १ हजार ४ सय ७५ पुरुष गरि २ हजार ९ जनाको स्वाव संकलन गरिएको छ ।

हिजो मात्रै ९९ महिला र १ सय १५ पुरुष गरि २ सय १४ जनाको स्वाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । स्वाव संकलन गरिएका मध्ये ५ सय २९ महिला र १ हजार ४ सय ४० पुरुष गरि १ हजार ९ सय ६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्ये ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेश १ मा आरडिटी विधिबाट ७ हजार २ सय ९५ जनाको परीक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये २१ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । आरडिटी गरिएका १ हजार ३ सय ४ महिला र ५ हजार ९ सय ७० पुरुष गरि ७ हजार २ सय ७४ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा ५ हजार ९ सय २२ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । क्वारेन्टाईनमा २ सय २० महिला र ८ सय २४ पुरुष गरि १ हजार ४४ जना रहेका छन् । होमक्वारेन्टाईनमा बस्नेको संख्या ७ हजार ९ सय ४२ पुगेको छ ।

होमक्वारेन्टाईनमा १ हजार ५ सय ७३ महिला र ६ हजार ३ सय ६९ पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *