समाचार

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ पुग्यो

विराटनगर, ८ जेठ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । हिजो एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । गएराती झापामा १० जना थपीएका थिए ।

यसअघि हिजो साँझ प्रदेश १ मा ७ जनामा कोरोना पुष्टी भएको थियो । गएराती थपीएका १० जना झापाको कचनकवल गाउँपालिकाका रहेका छन् । यसअघि संक्रमण देखिएका १५ जनापनि सोही गाउँपालिकाका रहेका छन् ।

झापाको कचनकवल गाउँपालिकामा मात्र संक्रमितको संख्या २५ पुगेको छ । यसअघि झापाको दमक र बार्हदशीमा १÷१ जनामा संक्रमण देखिएको थियो । गएराती १० जना थपीएसँगै झापामा संक्रमीत हुनेको संख्या २७ पुगेको छ ।

झापाका २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा कोरोना परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि दैनिक बढ्दै गएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ । प्रदेश १ का ७ जिल्लामा कोरोना संक्रमित देखिएका छन् ।

उदयपुरमा ३३, झापामा २७, धनकुुटामा ७, मोरङमा ४, सुनसरीमा ३, खोटाङमा १ र भोजपुरमा १ जना संक्रमित देखिएका हुन । संक्रमित मध्ये २६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका २३, झापाका २ र भोजपुरका १ जना छन् । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । २ जनाको मृत्यु भएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *