प्रदेश १ स्वास्थ्य

प्रदेश १ मा कोरोना उपचार केन्द्र शुरु

विराटनगर, २१ चैत । कोरोना भाईरस (कोभिड १९) का संक्रमित विरामीको उपचारका लागि प्रदेश १ सरकारले कोरोना उपचार केन्द्र आजदेखि सञ्चालनमा ल्याएको छ । कोशी अस्पताल कोरोना (कोभिड १९) उपचार केन्द्र आजदेखि सञ्चालनमा आएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

अस्पतालले सेवा शुरु गरेको जानकारी दिनुपुर्व प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, जिल्ला समन्वय समिति मोरंगका प्रमुख नरेश पोखरेल लगायतले अनुगमन गर्नुभएको थियो ।

अस्पतालको स्थलगत अनुमगन पछि आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शेरधन राईले प्रदेश १ का १ सय ३७ वटै स्थानीय तह, सुरक्षा निकाय, सुरक्षाकर्मी लगायतसँग समन्वय गरि कोरोना भाईरस विरुद्धको अभियानमा खटिएको बताउनुभयो ।

गत चैत ७ गते मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश स्तरिय कोरोना रोकथाम तथा उपचार निर्देशक समितिको बैठकले नेशनल टेड्रिङको भवनमा कोरोना अस्पताल सञ्चालन गर्ने निर्णय भए अनुसार अस्पताल निर्माण शुरु गरिएको अस्पताल परिसमा आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

५० वेड क्षमताको अस्पतालमा १० वटा भेन्टीलेटर रहने बताईएको छ । हरेक वार्डमा सीसी क्यामरा जडान गरिएको छ । सीसी क्यामराको मद्दतमा कन्ट्रोल रुमबाट विरामीको निगरानी गरिने कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिनुभयो । अस्पताल सञ्चालन र व्यवस्थापनको जिम्मेवारी कोशी अस्पतालले गर्ने भएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *